Thursday, January 5, 2017

महिलाको योनी किन चिलाउछ ? थाहा पाउनै पर्ने कुराहरु (भिडियो)

प्राय:सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ । योनि चिलाउने केहि कारणहरु यस प्रकार छन्-

१) तनाव : सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनि चलाउँछ ।
२) यिस्ट संक्रमण : योनिमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनि वरिपरि सेतो दहि जस्तो ढुसि जम्मा हुन थाल्दछ जसको कारण योनि चिलाउँछ । जथाभावि यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।
३) सुख्खा छाला : सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनि वरिपरिको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।
४) यौन संक्रमण : धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभै योनि चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनिमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनि चिलाउने समस्या हुन सक्छ । यदि तपाईमा पनि योनि चिलाउने सम्सया छ भने निम्न घरेलु विधि अपनाएर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ-

No comments:

Post a Comment