यो जात्राको शहरमा जीवन जिउनु कुनै जात्रा भन्दा कम छैन्। भलै त्यो जात्रामा रमणियता कम रहन्छ। गत शुक्रबार रिलिज भएको डेब्यू निर्देशक प्रदिप भट्टराई निर्देशित 'जात्रा'को शहरमाको एक गल्लीमा रहेका तीन पात्र फणिन्द्र (विपिन कार्की), मुन्ना (रविन्द्र झा) तथा जोयस (रविन्द्र सिंह बाँनिया) संघर्ष यात्राको जात्राको बयान गर्छ।
फणिन्द्र एउटा सानो स्टेस्नरी पसल व्यापारी हो जो पत्रिका बेच्नेदेखि लिएर स्कूलहरूमा स्टेस्नरी सामानको ठेकेदारी गर्छ। मुन्ना म्यानपावर एजेन्ट बनेर पैसा कमाउने सपनामा फसेको मान्छे हो जो काठमाडौंमा एउटा सैलुन चलाएर बसेको छ। त्यस्तै जोयशको फ्यान्सि पसल छ जसको कमाइले उसको पसलको भाडा पनि तिर्न पुग्दैन्।

No comments:
Post a Comment